थप दुई साता अन्तर्राष्ट्रिय उडान रोक्न सिफारिस

चैत्र, १६ काठमाडौं। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले वैशाख ३ गते (अप्रिल १५ तारिख) सम्म अन्तर्राष्ट्रिय उडान रोक्न सिफारिस गरेको छ। 

आज बसेको समिति बैठकले हवाई उडान बन्द गर्ने निर्णय गरेको हो। त्यस्तै लकडाउनको समय पनि थप गर्ने भएको छ। लकडाउन कति समय थप्ने भन्ने चाहिँ मन्त्रिपरिषदको बैठकले गर्नेछ।   

अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ। मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय लिने मन्त्री योगेश भट्टराईले जानकारी दिए। मन्त्रिपरिषद् बैठकले दैनिक ज्यालादारी गरेर खाने, मजदुर, न्यून आय  भएकालाई विशेष आर्थिक (राहत) प्याकेज घोषणा गर्ने तयारी पनि गरेको छ। 

सरकारले मंगलबारदेखि देशभर सात दिनका लागि लकडाउनको घोषणा गरेको थियो। सरकारले कोरोना भाइरसको संक्रमण बढ्ने सम्भावना देखिपछि लकडाउन घोषणा गरेको हो। अहिले सम्म पाँच जनामा कोरोना भाइसक्रमण देखिएको छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =