कालोबजारीको १६ कार्टून स्यानिटाइजर र १४ हजार मास्कसहित दुई पक्राउ
२०७६ चैत ४ गते

चैत ४, काठमाडौं । कालोबजारी गरिरहेको स्यानिटाइजर र मास्कसहित दुई जना पक्राउ परेका छन् ।
विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेका वेला कालोबजारी गरेर सर्वसाधारणलाई दुःख दिएको भन्दै प्रहरीले मंगलबार बढी मूल्यमा बेच्न खोजिएको १६ कार्टुन स्यानिटाइजर बरामद गरेको हो ।
महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले इन्द्रचोकको सुरज आर्केटमा छापा हानेर स्यानिटाइजर बरामद गरेको महाशाखा हो ।

रु ८० मा खरिद गरेको स्यानिटाइजर दुई सय ५० रुपैयाँमा विक्री गर्न लागेको प्रहरीले बताए ।
महाशाखाले मंगलबारै महाराजगञ्जबाट १४ हजार मास्क पनि बरामद गरेको छ ।
पक्राउ परेकामाथि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०७६ चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित








