कोरोना प्रकोपको यस घडीमा संयम बनौंः नेपाल

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधव नेपालले कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिमबाट जोगिन आत्मसंयम र सचेतना अपनाउन अपिल गरेका छन्।   

विश्वभरि महामारीको रूप लिएको यस प्रकोप नियन्त्रणका लागि सरकारी निर्देशनको पालना गर्न समेत उनले आग्रह गरेका छन्। नेता नेपालले सामाजिक सञ्जालमार्फत कोभिड-१९ संक्रमणको सम्भावित जोखिमबाट जोगिन घरभित्र बसेर सरकारलाई सघाउन आह्वान समेत गरे।   

उनले भनेका छन्, ‘विश्वभरि महामारीको रूप लिएको कोभिड-१९ को प्रकोप नियन्त्रणका लागि आत्मसंयम हुन र सचेतना अपनाउन सबैमा अपिल गर्दछु। संक्रमणको सम्भावित जोखिमबाट जोगिन केही दिन घरभित्रै बस्न र नियन्त्रणका लागि सरकार तथा विश्व स्वास्थ्य सङ्गठनका निर्णय एवम् निर्देशनहरूलाई पालना गर्न आह्वान गर्दछु।’ 

नेपालमा अहिलेसम्म तीन जना कोरोना संक्रमित फेला परेका छन्। जसमध्ये एक जना उपचारपछि घर फर्केका छन् भने दुई जनाको टेकु अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिरहेको छ। कोरोनाको संक्रमण बढ्दै जान थालेपछि सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गर्नुका साथै नेपाल भारत सीमासमेत लक गरेको छ। कोरोनाको सम्भावित जोखिम कम गर्न सरकारले मङ्गलवार देखि देशभर लकडाउन समेत गरेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 12 =