कोरोना भाइरस : उपचारमा संलग्न डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिइने
२०७६ चैत ३ गते

चैत्र ३, काठमाडौं । कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिइने भएको छ । सोमबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना संक्रमणको उपचारमा खटिने डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको हो ।
त्यस्तै सरकारले कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न अन्य स्वास्थ्यकर्मीलाई ५० प्रतिशत तथा कोरोनाको उपचारमा लसंलग्न अन्य जनशक्तिलाई २५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ ।
बैठकले कोरोना संक्रमणको परीक्षण गर्ने स्वास्थ्यकर्मीका लागि २० हजार थान सेफ्टी किट पनि किन्ने निर्णय गरेको छ ।

२०७६ चैत ३ गते
प्रतिक्रिया
सम्बन्धित








