पाटन अस्पतालको आईसीयूमा एक बिरामीको मृत्यु, कोरोनाको रिपोर्ट आउन बाँकी

  

चैत्र १७, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको आशंकामा पाटन अस्पताल भर्ना गरिएका एकजना बिरामीको मृत्यु भएको छ । 

धादिङ खनियाबास गाउँपालिकाका ३६ वर्षीय बिरामीको आईसीयुमा उपचारका क्रममा मृत्यु भएको हो । उनी  कोरोना संक्रमित हो वा होइन भन्ने पुष्टि भइसकेको छैन ।  

ती बिरामीको कोरोना परीक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । परिक्षणको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका निर्देशक प्रा. डा. विष्णु शर्माले जानकारी दिए । मृत्यु भएका बिरामी आईसोलसेनमा भर्ना नभएको पनि उनले जानकारी दिए।  

निर्देशक डा. शर्माले मकालु खबरसँग भने, ‘कोरोना संक्रमण भएको आशंकाका आधारमा नमूना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ। उहाँको रिपोर्ट आएकै छैन, कोरोनाबाट नै मृत्यु भएको हो भन्ने अवस्था छैन।’ 

फागुन १४ गते भारतबाट नेपाल फर्किएका ती बिरामीलाई आइतबार ४ बजेतिर अस्पताल भर्ना गरिएकाे थियो । उनलाई दुई दिनदेखि ज्वरो आएपछि धादिङबाट काठमाडौं पठाइएको हो । 

नेपालमा हालसम्म पाँच जनामा कोरोना संक्रमण देखिएको छ भने एक जना उपचारपछि निको भइसकेका छन् । सोमबारसम्म विश्वभर २४ हजार बढीको निधन भइसकेको छ भने ७ बढी संक्रमित भएका छन् ।  

निर्देशक शर्माका अनुसार काेराेना आशंकामा पाटन अस्पतालमा हाल तीनजनालाई आइसोलेसनमा राखिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *