जनरल हस्पिटलले वृद्धाश्रममा गरे निःशुल्क स्वास्थ्य जाँच र औषधि वितरण

चैत्र २, विराटनगर । महिला जागृति वृदाश्रममा शनिवार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । जनरल हस्पिटल एन्ड ट्रमा सेन्टरले आश्रममा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य जाँचसँगै औषधि तथा सम्पूर्ण सेवाहरू उपलब्ध गराएको थियो ।
अस्पतालका अध्यक्ष दीपक रायले कुनै पनि विपन्न नागरिक स्वास्थ्य जाँचबाट वञ्चित नहोस् भन्ने प्रमुख उद्देश्य रहेको बताए । उनले भने त्यसमा पनि वृद्धहरूको सेवा अस्पतालले गर्न पाउँदा अत्यन्तै खुसी महसुस भएको छ । आगामी दिनहरूमा पनि यस्ता खालको शिविर सञ्चालनमा ल्याउने छौँ।

उक्त शिविरमा नाक, कान घाँटीको लागि सम्पूर्ण प्राविधिक सहित चेक जाँच गरिएको छ । शिविरमा अस्पतालबाट दीपक रोेय, जय प्रकाश राय, डा. बिप्र लोहनी, मोहम्मद सलिम, सामाजिक अभियन्ता पेरिस सुवेदी र सुशील खत्रीलगायतको उपस्थिति रहेको थियो ।








