भारतमा फिल्म, सीरीयल र वेब सीरीजको शुटिङ स्थगित

चैत्र ३, काठमाडौँ । इन्डियन मोशन पिक्चर्स प्रोड्युसर्स एसोसियसन (आईएमपीपीए) को बैठकले भारतमा हिन्दी फिल्म, सीरियल र वेब सीरीज हरुको शुटिङ स्थगित गर्ने निर्णय गरेको छ ।   

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आईतबार बसेको (आईएमपीपीए) को बैठकले १९ मार्चदेखि ३१ मार्चसम्मका लागि सम्पूर्ण फिल्मका शुटिङ बन्द गर्ने निर्णय गरेको हो ।   

आईएमपीपीएका एक सदस्यका अनुसार देशभित्र र बाहिर पनि फिल्मको शुटिङ भइरहेको र यो फैसलापछि सम्पूर्ण शुटिङ बन्द गर्नुपर्ने छ ।   

इन्डियन मोशन पिक्चर्स प्रोड्युसर्स एसोसियसनका अनुसार फेरि ३० मार्चमा संयुक्त बैठक बसेर अर्को निर्णय लिईनेछ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fourteen =