भाइ इब्राहिमसँग बिकिनीमा उभिएकी सारा ट्रोलको शिकार

फागुन २५, काठमाडाैँ ।  सारा खली खानका भाइ तथा सैफ अली खान–अमृता सिंहका छोरा इब्राहिम अली खान १९ वर्ष पुगेका छन् ।  

साराले यो मौकामा इन्स्टाग्राममा इब्राहिमसँगका केही तस्बिर पोस्ट गरेकी छिन् जुन मालदिभ्स होलिडेको हो र यी तस्बिरसँगै उनले एउटा क्याप्सन पनि लेखेकी छिन् । साराले लेखेकी छिन्, ‘जन्मदिनको अत्यधिक शुभकामना भाइ । तिमीलाई यति धेरै माया गर्छु कि तिमीलाई थाहै छैन हो । आज तिमीलाई धेरै मिस गरिरहेको छु । काश, म तिमीसँग हुन्थेँ ।’ 

ट्रोल भइन् साराः 

साराको यो पोष्ट ट्रोलर्सलाई खासै चित्त बुझ्ने किनभने तस्बिरमा सारा भाइसँग बिकिनी लगाएर पोज दिइरहेको देखिएकी छिन् । ट्रोलरले उनलाई ट्रोल गर्दै कमेन्ट लेखेका छन् । कतिले ‘दिदी, केही त लाज राख’ लेखे भने कतिले ‘जन्मदिनमा बधाई दिन तपाईंले यही तस्बिर पाउनुभयो रु’ यस्तै एक प्रयोगकर्ताले लेखे, ‘भाइसँग यसरी कसले पोज दिन्छ रु’ 

बनारसमा सुटिङ गरिरहेकी छिन् साराः 

सारा इब्राहिमसँग मुम्बईमा छैनन् किनभने उनी आनन्द एल रायको अर्को फिल्म अन्तरंगी रेको सुटिङ बनारसमा गरिरहेकी छिन् । यो फिल्मको सुटिङ मार्च ५ देखि सुरु भएको हो । फिल्ममा सारा अक्षय कुमार र धनुषसँग देखिनेछिन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 16 =