कतारमा कोरोना संक्रमित देखिएपछि दुतावासद्वारा सजग रहन अपिल

फागुन १९, दोहा । विश्वब्यापी रूपमा कोरोना भाइरस कहर बनेपछि कोरोना भाइरस नपुगेका देशले पनि उच्च सतर्कता अपनाइरहेका छन् । दुइ महिना अघि चीनको वुहानबाट शुरू भएको भाइरस अहिले विश्वका ६० भन्दा बढि देशमा फैलिएको छ । लाखौं मान्छे संक्रमित भएका छन् । विश्वब्यापी सतर्कता अपनाएपनि नियन्त्रणमा लिन सकिएको छैन ।   

यसै सन्दर्भमा कतारको दोहास्थित नेपाली राजदूतवासले कोरोना (कोभिड–१९) भाइरसको संक्रमणबाट जोगिन त्यहाँ रहेका नेपालीहरूलाई अपिल गरेको छ । एक विज्ञप्ति जारी गर्दै दुतावासले नेपालीहरूलाइ सजग रहने भनेको हो । कतारका एक नागरिकमा कोरोनाको संक्रमण पुष्टि भएपछि आइतबार दुतावासले विज्ञप्तिमार्फत नेपालीहरूलाई सजग गराएको हो । 

संक्रमण देखिएपछि इरानबाट कतार फर्केका ३६ वर्षीय पुरुषलाई आइसोलेसनमा राखिएको छ । संक्रमीत व्यक्ति फर्केका जहाजबाट आएकाहरूलाई पनि कतारले क्वारेन्टाइनमा राखेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 1 =