‘फिबर क्लिनिक’ सञ्चालन गर्न २५ अस्पताललाई १० लाखका दरले रकम विनियोजन

चैत्र १२, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर २५ वटा अस्पताललाई फिभर क्लिनिक सञ्चालनको लागि प्रति अस्पताल १० लाख रूपैयाँको दरले बजेट उपलब्ध गराएको बताएको छ। 

फिभर क्लिनिक सञ्चालनको लागि आवश्यक सामग्री खरिद र व्यवस्थापन गर्न उक्त रकम उपलब्ध गराइएको हो। स्वास्थ्य मन्त्रालयले आज आयोजना गरेको डिजिटल ब्रिफिङमार्फत उक्त जानकारी दिएको हो। 

स्वास्थ्य सचिव यादवप्रसाद कोइरालाले भने, ‘सरकारले तोकेका हब अस्पतालहरुमा फिबर क्लिनिक सञ्‍चालनका लागि १० लाख रुपैयाँ विनियोजन गरेर पठाइसकेको छ।’ 

उनले त्यो रकमले फिबर क्लिनिक सञ्‍चालनमा आवश्यक उपकरण खरिद गरी सेवा सुरु गर्न अनुरोधसमेत गरे। नेपालमा करिब ७ सय जनामा परीक्षण गर्दा ३ वटा पोजेटिभ देखिएको छ। अरु सबै नेगेटिभ देखिएको उनले जानकारी दिए। 

कोरोना भाइरसबाट जोगिन होम क्‍वारेन्टाइन बसेर सरसफाइमा ध्यान दिन सबैलाई उनले अनुरोध पनि गरे। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + fourteen =