कोरोना प्रभाव : समाजवादी पार्टीको लिम्बुवान धरान भेला स्थगित

धरान,सुनसरी । कोरोना भाईरसका कारण समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिको यहि चैत १ र २ गते धरानमा हुने भनिएको लिम्बुवान राष्ट्रिय भेला स्थगित भएको छ ।
संघीय समाजवादी पार्टी सम्बद्ध लिम्बुवान राष्ट्रिय समितिले सोमबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले सभा सम्मेलन नगर्न भनेको र कोरोना भाईरस कोभिड १९ को नेपालमा पनि उच्च जोखिम रहेकोले राष्ट्रिय भेला स्थगत गरिएको समाजवादी पार्टी लिम्वूवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले सम्मेलनमा जानकारी दिए ।
सरकारले जिल्ला प्रशासन कार्यालय र स्थानिय निकायहरुले कोरोनाको जोखिम हुन सक्ने भन्दै सभा सम्मेलन नगर्न आव्हान गरेकोले समाजवादी पार्टीले पनि त्यो जोखिमबाट सर्वसाधरण सबैलाई जोगिन आव्हान गर्दे समय अनुकुल बने मात्र पुनः लिम्वुवान राष्ट्रिय भेला गर्ने सम्मेलनमै माखिमले बताए ।

त्यस्तै, पार्टीले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएर पनि भेला स्थगित गर्नुले आमन्त्रीत प्रमुख अतिथि, विशेष अतिथि, १० प्लसका नेताहरु, विभिन्न दलका नेताहरु, लिम्वूवानका सबै जिल्लाका नेताहरु, स्वायत्त क्षेत्र समितिहरु, नगर तथा गाउँपालिका समितिहरु, सम्पूर्ण प्रवास समितिहरु, समाजवादी युवा संघ, समाजवादी महिला संघ, समाजवादी विद्यार्थी युनियन, जनसांस्कृतिक महासंघ, लिम्वुवान समिति, प्रेस नेपाल तथा सुभचिन्तकहरुमा क्षमायाचना समेत गरेको छ ।








