अभिनयबाट हैन फिगरबाट चर्चामा आएकी वाणी आउँदैछिन् डान्सर बनेर

चैत्र ५, काठमाडौं । सुशान्तसिं राजपुतसँग शुद्ध देशी रोमान्सबाट सन् २०१३ मा बलिउडमा आएकी वाणी कपुर अभिनयबाट भन्दापनि आकर्षक फिगरकै कारण परिचित छिन् ।   

सात वर्षदेखि बलिउडमा संघर्षरत वाणीको डेब्यू फिल्मले उनलाई फिल्म फेयर अवार्डमा बेस्ट डेब्यू अवार्ड दिलाएपनि वाणीका फिल्मले सफलता भने कमै पाएका छन् ।  

२०१४ को आह कल्यानम, २०१६ को बेफिक्रेले बलिउड वक्स अफिसमा खासै कमाल गर्न नसकेपनि बेफिक्रेमा वाणीले दिएका सेक्स सिन र  किस सिनले खुबै चर्चा बटुल्यो । फिल्ममा उनले दिएका इन्टिमेन्सी सिनले वाणीलाई बलिउडमा सन्नी लियोनीसँग दाज्नेहरु पनि देखिए ।   

गत वर्ष आएको स्टार कलाकार टाइगर श्राफ र ऋत्विक रोशनसँगको वारले ठूलै सफलता प्राप्त गर्यो । तर, त्यसको जस वाणीलाई प्राप्त भएन । स्टार कलाकारसँग काम गर्दापनि वाणीले आफ्नो अभिनय कलालाई देखाउन सकिनन् । तरपनि, आकर्षक फिगरका कारण वाणी बलिउडमा छाइरहेकी छिन् ।   

आउँदो वर्ष रनवीर कपुर र सञ्जय दत्त जस्ता हस्तिहरुसँग वाणी देखा पर्दैछिन् बहुप्रतिक्षित फिल्म शमशेरामा डान्सरको भूमिकामा । सन् १८०० को ब्रिटिस शाशकका विरुद्धको कथा रहेको फिल्मलाई किरण मल्होत्राले निर्देशन गर्दैछन् । यो फिल्मले वाणीलाई कत्तिको शिखरमा पुर्याउला हेर्न बाँकी छ ।   

हेर्नुहोस वाणीका केही तस्विरः 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 10 =