कोरोना भाइरसबाट भारतमा २९ जनाको मृत्यु
२०७६ चैत १७ गते

चैत्र १७, काठमाडौं। भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २९ जना पुगेको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा कोरोना भाइरसबाट २९ जनाको मृत्यु भएको जनाएको छ। बीबीसी हिन्दीका अनुसार संक्रमितको संख्या १ हजार ७१ जना पुगेको छ।
महाराष्ट्रमा सबैभन्दा धेरै ८ जनाको मृत्यु भएको छ। कर्नाटकमा ३ जना, उत्तर प्रदेशमा १, गुजरातमा ५, दिल्लीमा २, तमिलनाडुमा १, पन्जाबमा १, तेलंगनामा १, जम्मू कश्मीरमा २, मध्य प्रदेशमा २, पश्चिम बंगाल, विहार र हिमान्चलमा १/१ जनाको मृत्यु भएको छ।
विश्वमा अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै कोरोनाका संक्रमित देखिएका छन्। अमेरिकामा १ लाख ४२ हजार १ सय ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। विश्वमा कोरोना भाइरसबाट ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ६ लाख मानिस संक्रमित छन्।

२०७६ चैत १७ गते
प्रतिक्रिया
सम्बन्धित








