सिंहदरबारमा सेवाग्राहीको ज्वरो नापिँदै

चैत १०, काठमाडौं। कोरोना भाइरस (कोभिड-१९) संक्रमण हुन नदिन सरकारले उच्च सतर्कता अपनाएको छ। प्रमूख प्रशासनिक केन्द्र सिंहरबार प्रवेश गर्ने सेवाग्राहीको तापक्रम मापन गर्न थालिएको छ। 

कोरोना भाइरसको सम्भावित संक्रमणविरुद्ध लड्न आइतबारदेखि तापक्रम मापन गर्न थालिएको हो। ज्वरो मापनका लागि स्वास्थ्य सेवा विभागको ५ जनाको टोली सिंहदरबारको सेवाग्राही प्रवेश गर्ने दक्षिण गेटमा खटिएका छन्। 

सिंहदरबार प्रवेशका लागि आउने सेवाग्राहीमा १०० डिग्रीसम्म तापक्रम देखिएमा छुट्टै कक्षमा राखेर तापक्रम घटेपछि मात्रै प्रवेश दिइएको एक स्वास्थ्यकर्मीले बताए। कोरोनाको सम्भावित संक्रमणलाई ध्यान दिँदै सरकारले सतर्कता अपनाउन आग्रहको छ।   

सिंहदरबारलगायतका प्रशासनिक निकायमा सेवाग्राही आउने क्रम केही कम भए पनि रोकिएको छैन। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − four =