प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ । शनिबार बसेको प्रदेश सभाको बैठकमा सांसदहरुले मुख्यमन्त्री राउतको राजीनामा माग गरेका हुन् ।   

प्रदेश २ का विपक्षी सांसदसँगै सत्तारुढदलका सांसदहरुले मुख्यमन्त्री राउतलाई राजीनामा दिई  समस्या समाधानका निम्ति मार्ग प्रशस्त गर्न आग्रह गरे। 

मुख्यमन्त्री राउतमाथि विभिन्न किसिमको आरोप सांसदहरुले लगाएका छन् । प्रहरी ऐन ल्याउँदा पनि प्रहरी भर्ना गर्न नसकेको, गत वर्ष सम्पन्न भएका योजनाहरुको अहिलेसम्म भुक्तानी दिन नसकेको, मलेठ, सचिव कुटपिट घटनाको प्रतिवेदन हालसम्म सार्वजनिक गर्न नसकेको उनमाथि आरोप लागेको छ । यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको बेला भएको खर्चको विवरण पनि सार्वजनिक गर्न नचाहेको सांसदहरुको आरोप छ । 

null

मुख्यमन्त्री राउतलाई सरकारको नेतृत्व गर्न नसक्ने भन्दै प्रदेशलाई राम्रो बनाउन राजीनामा दिन सांसदहरुले आग्रह गरे ।   

संघीयतालाई असफल बनाउन संघीय सरकारले कर्मचारीलाई तालिम दिएर पठाएको भन्ने मुख्यमन्त्री राउतको अभिव्यक्तिमाथि पनि प्रश्न उठेको छ ।   

उनमाथि प्रदेश सरकारले संघीयताको आडमा भ्रष्टाचार, असमानता र सांसदबीच विभेद बढाएको आरोप छ । 

यस्तै कर्मचारी माथि मात्रै दोष थुपारेको सरकारले नियम पालना नगरेको आरोप सांसदहरुको रहेको छ ।   

यस्तै गत वर्ष सम्पन्न भएका योजना सञ्चालन गर्नुअघि १८ नम्बरको फारम नभरिएको र बहुबर्षीय योजना पनि नभएकाले कर्मचारीले निकासा नदिएको तर मख्यमन्त्रीले प्रदेशसभामा आएर झुट बोलेको आरोप लागेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *