सुटिङ सेटमा नायक प्रदीप खड्काको जन्मदिन

फागुन २९, काठमाडौँ । हाल चलचित्र  ‘प्रेम गीत ३’को छायाँकनमा व्यस्त रहेको स्टार प्रदीप खड्काको जन्मदिन सुटिङ सेटमा नै मनाइएको छ ।  सुटिङ सेटमा उनको  २९ औं जन्मदिन मनाईएको हो । 

नायक खड्कालगायत चलचित्रका टिप यतीबेला गीतको छायांकनको लागि हिमाली भेगमा पुगेका छन् ।  उनको  जन्मोत्सवमा नायिका क्रिष्टिना गुरुङ, निर्माता तथा निर्देशक सन्तोष सेन, निर्देशक छेतन गुरुङ, मनिष राउत लगायतको उपस्थित रहेको थियो ।   

चलचित्रमा  प्रदीप र क्रिष्टिनासँगै पुष्कर कार्की शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा क्षेत्री, समृद्धि शाही ठकुरी, कृजन गौतम, जीवन बराल, लक्ष्मी बर्देवा, जीवन भट्टराई, सुजल बस्नेत, राज थापा लगायत कलाकारको भूमिका रहेको छ ।   

डेढ सय वर्ष अगाडिको प्रेमकथाको बिषयमा बनाईएको यस चलचित्रलाई आसुशेन फिल्म प्रोडक्सनले’ निर्माण गरेको हो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 3 =