दीपिका पादुकोणको बोल्ड फोटोसुटमा श्रीमान् रणवीरको यस्तो कमेन्ट

फाेटाे स्राेतः गुगल 

फागुन २७, भारत ।  रणवीर सिंह र दीपिका पादुकोण बलिउडका सबैभन्दा रुचाइएका जोडी हुन् । यी दुई आजकाल आ–आफ्नो काममा व्यस्त छन् । रणवीर आजकाल आफ्नो नयाँ फिल्म ‘८३’ को ट्रेलर लञ्चको तयारी गरिरहेका छन् भने दीपिका आजकाल आफ्नो फोटोसुटका लागि चर्चामा छन् । दीपिकाले हालै अन्तर्राष्ट्रिय एल म्यागजिनका लागि फोटोसुट गराएकी छिन् ।  

आफ्नो यो फोटोसुटका केही तस्बिर सोसल मिडियामा पनि उनले सेयर गरेकी छिन् । तर दीपिकाको यो बोल्ड र हट अवतार देखेर उनका श्रीमान् रणवीर सिंह कमेन्ट नगरी बस्नै सकेनन् । दीपिकाले समुद्र किनारामा फोटोसुट गराएकी छिन् । उक्त फोटोसुटको एउटा फोटो दीपिकाले आफ्नो इन्स्टाग्रामा पनि सेयर गरेकी छिन् । 

Image result for दीपिका पादुकोण

यो तस्बिरमा कमेन्ट गर्दै रणवीर सिंहले लेखे, ‘बेबी, दया गर यार।।।’ उनको यो कमेन्टमा ३९ हजार ३७ जनाले लाइक गरेका छन् भने १२ सय ४४ जनाले रिप्लाइ दिएका छन् । 

रणवीर सिंह चाहे सोसल मिडियामा होस् वा कुनै सार्वजनिक कार्यक्रममा आफ्नी श्रीमतीको तारिफ गरिरहेको भेटिन्छन् । दीपिकाले आफ्नो यो ताजा फोटोसुटका केही अन्य तस्बिर पनि सेयर गरेकी छिन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =