विप्लवका दाइसहित ६ जना पक्राउ

चैत्र १०, काठमाडौं। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विप्लवका माइला दाइसमेत रहेको प्रहरीले जनाएको छ।   

विप्लवका दाइ जयन्द्र बहादुर चन्द नेकपाको गणतान्त्रिक मञ्चका केन्द्रीय अध्यक्ष रहेको प्रहरीको भनाइ छ। चन्दसहित विनोद चन्द, अनिल मगर, कृष्ण मगर, कमल मगर र प्रेम केसी पक्राउ परेको ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए।   

उनीहरुलाई आइतबार प्रहरीको विशेष ब्यूरो र महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले आइतबार पक्राउ गरेको हो। सरकारले गत वर्षको फागुनमा विप्लव नेकपामाथि प्रतिबन्ध लगाएको छ।   

त्यसयता विप्लव नेकपाका नेता कार्यकर्ता पक्राउ पर्दै आएका छन्। आइतबार पक्राउ परेका ६ जनामाथि अनुसन्धान सुरु गरिएको एसएसपी राईले जानकारी दिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =