ठगीको आरोप लागेको बिग मूभिजले तिर्नु पर्यो जरिवाना

फागुन २२, काठमाडौँ । बजार मूल्यभन्दा बढीमा खाना र पेय पदार्थ बेचेर ठगी गरेको  आरोपमा बिग मूभिजले जरिवाना तिर्नु परेको छ ।   

ग्राहकले उजुरी गरेपछी बुधबार दिउँसो कमलपोखरस्थित बिग मूभिज मल्टिप्लेक्समा वाणिज्य विभाग टोली  पुगेको थियो ।   

७० रुपैयाँ पर्ने कोकलाई सय भन्दा बढी मूल्यमा बेचिएको भेटिएपछी विभागले ठगीको मुद्धा अगाडी बढाउँदै कानुन अनुसार बिग मूभिजलाई २ लाख ५० हजार जरिवाना गरिएको हो ।   

यसअघि पनि यसरी नै ठगीको आरोपमा कारवाहीमा पर्दै आईरहेको  बिग मूभिजको यो सम्म गरेर चार पटक भईसक्यो कारवाहीमा परेको ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + thirteen =