कारागरमा रेडक्रसको सहयोग

चैत्र ११, काठमाडौं । नेपाल रेडक्रस र रेडक्रसको अन्तर्राष्ट्रिय समितिले बन्दी र कारागार कर्मचारीमा कोरोनाबाट हुने जोखिमलाई मध्येनजर गर्दै केन्द्रीय कारागर र नख्खु कारागरमा सुरक्षा सामग्रीहरु सहयोग गरेको छ । 

कारागार व्यवस्थापनको अनुरोधमा नेपाल रेडक्रसले हिजो ९ गते केन्द्रीय कारागारमा १० थान टेन्ट जडान गरेको छ । केन्द्रीय कारागारमा बिरामीहरु भएमा छुट्टै राख्नका लागि बेडहरुको व्यवस्था नभएकोले सो सहयोग गरिएको नेपाल रेडक्रसका अधिकृत शालिग्राम तिवारीले बताए । 

साथै, फ्लेक्स सूचना बोर्ड र कोरोनाबारे जानकारी पत्रहरु बन्दी तथा कर्मचारीहरुलाई हिजै वितरण गरिएको छ । 

ती दुई कारागारमा व्यवस्थापनले बन्दी र कर्मचारीहरुलाई मास्क लगाउने, नियमित ज्वरो नाप्ने र हात धुनका लागि सावुन तथा पानीको व्यवस्था गरेको छ । 

त्यसैगरी कैलाली जिल्ला शाखाले पनि जिल्ला कारागर कैलालीको हातामा २ वटा त्रिपाल सेल्टर निर्माणमा सहयोग गरेको छ । 

पर्सा, कास्की, बाँके र दोलखा शाखाका रेडक्रस प्रतिनिधिले पनि सम्बन्धित जिल्लाका कारागार भ्रमणपछि बन्दीहरुलाई लक्षित गरी प्रचारप्रसारका सामग्री वितरण गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 15 =