कट्रिनालाई तिमीलाई कसले हेर्छ भनेपछी ट्रोल बने रोहित शेट्टी

  

फाेटाे स्राेतः गुगल 

फागुन २६, काठमाडाैँ ।  रोहित शेट्टीको फिल्ममा धेरैजसो अवस्थामा पुरुष पात्रलाई केन्द्रमा राखिन्छ । उनको फिल्ममा नायिकालाई कमै स्क्रिन स्पेस दिइन्छ । रोहित शेट्टीको नयाँ फिल्म सूर्यवंशीमा पनि यस्तै देख्न पाइनेछ । यो फिल्ममा अक्षय कुमार पुलिस अधिकारीको भूमिकामा देखिनेछन् । यद्यपि, फिल्मको रिलिज अघि रोहित शेट्टी आफ्नो एक बयानका कारण विवादमा आएका छन् । 

कट्रिनाबारे दिएका थिए रोहित शेट्टीले बयान, सोसल मिडियामा बबाल 

फिल्म क्याम्पियनसँगको कुराकानीमा रोहित शेट्टीलाई सोधियो, ‘मोनिटरलाई हेर्दा तपाईं कुन स्टारमा फोकस गरिरहनु भएको थियो ?’ यसको जवाफमा उनले भने, ‘सबैजनामाथि, तपाईंले त्यो टेक तीन पटक हेर्नुपर्छ । बिस्फोटयुक्त दृश्यमा कट्रिना पनि छिन् । यदि तपाईं ध्यानपूर्वक हेर्नुहुन्छ भने कट्रिनाले यो सीनमा आँखा झिम्काइरहेकी छिन् । चौथो टेकपछि उनले म भए ठाउँ आएर भनिन्, ‘के हामी अर्को एउटा टेक लिन सक्छौं ?’ 

‘त्यसपछि मैले भनेको थिएँ, ‘कट्रिना म तिमीलाई एउटा कुरा इमान्दारितापूर्वक भन्छु कि तिमीलाई कसैले हेर्ने वाला छैन । कट्रिनाले यसबारे मलाई भन्छिन्, ‘आखिर तिमीले मेरो मुखैमा कसरी यस्तो भन्न सक्छौ ?’ उनको यस्तो भनाईमा मैले भनेको थिएँ, ‘कट्रिना, तीन सुपरस्टार तिम्रो अगाडि हिँडिरहेका छन्, ब्याकग्राउन्डमा बिस्फोट भइरहेको छ, कसैले पनि तिमीलाई नोटिस गर्ने छैनन् र मैले त्यही शट राखेँ । प्रोमोमा उनले आँखा झिम्काएको देख्न सकिन्छ, तर कसले याद गर्छ ?’ 

रोहितको यो बयानपछि सोसल मिडियामा ट्रोल हुन थाले । थुप्रै प्रयोगकर्ताले उनको यस्तो धारणाको आलोचना गरे । एक प्रयोगकर्ताले लेखे, ‘आखिर यी बलिउडका मानिसहलाई यस्तो किन लाग्छ कि कट्रिनालाई हेर्न कोही पनि आउँदैनन् ? धूम ३ आज पनि कमली गीतका लागि याद गरिन्छ, तीस मार खां फिल्म शीला की जवानी गीतका कारण याद गरिन्छ, अग्निपथ फिल्म चिकनी चमेली गीतका लागि याद गरिन्छ । दर्शक कट्रिनालाई नै हेर्न पुग्छन् । रोहित शेट्टीलाई लाज लाग्नुपर्ने हो ।’ 

यस्तै एक प्रयोगकर्ताले लेखे, ‘रोहित शेट्टी आफ्ना महिला एक्टर्सलाई सम्मान गर्न सिक्नुहोस् । उनी ट्वीटरमा तपाईंका मेल एक्टर्सभन्दा धेरै ट्रेन्ड भइरहेकी थिइन् जबकी उनका फिल्ममा केही सिमित दृश्यमात्रै छन् । तिमी कट्रिनाप्रति कृतज्ञ हुनुपर्छ कि उनी तिमीजस्तो मानसिकता भएको मानिससँग काम गरिरहेकी छिन् ।’ 

यस्तै, अर्का एक प्रयोगकर्ताले लेखिन्, ‘रोहित शेट्टी तिमी जस्तो मानिस एक्सन मसाला फिल्म मात्रै बनाउन सक्छन् । तिमीले आफ्नो धारणा बदल्नुपर्छ किनभने उनी सबैलाई तगडा प्रतिस्पर्धा दिइरहेकी छिन् र उनी हाम्रो लागि हिरो हुन् । तिमी असुरक्षित व्यक्ति । उनको आलोचना गर्न बन्द गर । उनी एक शक्तिशाली नायिका हुन् ।’ एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + eight =