५ सय शैय्याको क्वारेन्टाइनसहित २ सय शैय्याको आइसोलेसन स्थापना गर्दै बाग्मती सरकार

चैत ७, चितवन । बाग्मती प्रदेश सरकारले कोरोना त्रासको सम्भाव्यता अध्ययन गरेर प्रदेशको राजधानी हेटौंडामा ५ सय शैयाको क्वारेन्टाइन निर्माण गर्ने भएको छ । साथै प्रदेश सरकारले प्रदेशभरी गरेर २०० शैयाका आईसोलेसन वार्ड समेग निर्माण गर्ने तयारी गरेको हो ।
हेटौंडामा क्वारेन्टाइन निर्माण हुने स्थानहरुमा हेटौंडा एकेडेमीमा २०० शैया, वन विज्ञान अध्ययन संस्थानमा १०० शैया, गौरिटार खेलकुद एकेडेमीमा १०० शैया र सशस्त्र प्रहरी क्याम्प कर्रामा १०० शैया निर्माण हुने भएको छ ।
यस्तै २०० शैयाका आईसोलेसन निर्माण हुने स्थानहरुमा हेटौंडा अस्पतालमा १००, भक्तपुर अस्पतालमा ५, सिन्धुपाल्चोक अस्पतालमा ५, रसुवा अस्पतालमा ४, नुवाकोट अस्पतालमा ५, धादिङ अस्पतालमा ५, रामेछाप अस्पतालमा २, सिन्धुली अस्पतालमा ३, चितवन (भरतपुर) अस्पतालमा ५०, जिरी, मेथीनकोट, बगौडा र बकुलहर अस्पतालमा ५० शैयाको आईसोलेसन वार्डको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

यस्तै हेटौंडा अस्पतालमा १०, भक्तपुर अस्पतालमा ५, सिन्धुली अस्पतालमा ५, चितवन (भरतपुर) अस्पतालमा २०, जिरी, मेथीनकोट, बगौडा र बकुलहर अस्पतालमा १० र निजी मेडिकल कलेजहरूमा १०० शैयाको भेन्टिलेटर सहितको आईसियु स्थापना गर्ने निर्णय गरेको छ ।
बागमती सरकारले कोरोनाको त्रास कम गर्न प्रदेश स्तरीय कोरोना नियन्त्रण समिति, स्वास्थ्य व्यवस्थापन समिति र बजार अनुगमन उच्चस्तरीय समिति गठन गरेको छ ।








