रक्तसमूह ‘ए’लाई कोरोनाको जोखिम उच्च, ‘ओ’लाई न्यून‍ : अध्ययन

चैत ५, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबारे चीनले नयाँ अध्ययन गरेको छ । अध्ययनले रक्त समूह ए का मानिस कोरानाको संक्रमणको उच्च जोखिममा रहेको देखाएको छ । 

साउथ चाइना मर्निङ पोष्टले उल्लेख गरेअनुसार कोरानाको संक्रमणको उच्च जोखिममा रक्त समूह ए का मानिस छन् । चीनका चिकित्सा अनुसन्धाकर्ताहरुले गरेको प्रारम्भिक अनुसन्धानले रक्त समूह ए उच्च जोखिममा छ भने  रक्त समूह ओ न्यून जोखिममा छ ।   

अनुसन्धाकर्ताहरुले कोरोनाको इपिसेन्टर वुहानका साथै वुहान, बेइजिङ, सांघाई र सेन्झेन सहरमा भाइरस संक्रमित २ हजार भन्दा बढीको रक्त समूहको ‘प्याटर्न’लाई विश्लेषण गरेका थिए । चिकित्सा अनुसन्धानकर्ता वाङ सुहाङ्कको नेतृत्वमा अनुसन्धान भएको थियो । 

‘रक्त समूह ए भएका व्यक्तिहरुमा कोरोनाको लक्षण बढी देखिएको छ । उनीहरु उच्च जोखिममा रहेकाले विशेष निगरानीमा राख्नुपर्छ’ अनुसन्धानकर्ताहरुको सुझावमा उल्लेख छ । 

यद्यपि, स्वास्थ्य शोधकर्ताहरुले अध्ययन प्रारम्भिक भएकोले यसमा थप काम गर्न आवश्यक रहेको बताएका छन् । उनीहरुले कोरोना नियन्त्रणमा प्रयास गरिरहेका निकायहरुलाई रक्त समूहको आधारमा आफ्ना कार्यक्रमहरु अगाडि बढाउन सुझाव दिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 11 =