बुढानिलकण्ठबाट लागूऔषधसहित एक पक्राउ

फागुन २८, काठमाडौं । महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठका कार्यालय प्रमूख प्रहरी निरीक्षक भूपेन्द्र गिरीको कमाण्डमा खटिएको टोलीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख  एसएसपी  उत्तम राज सुवेदीले  जिल्ला दोलखा मेलुङ्ग गाँउपालिका वडा नं  ३ घर भई हाल जिल्ला काठमाण्डौं बूढानीलकण्ठ नगरपालीका वडा नं. ४ पासिकोटमा रहेको गंगाराम के।सी।को जग्गा भाडामा लिई टहरो बनाई बस्ने बर्ष ३३ को सुनिल न्यौपानेको कोठामा गांजा लगाएत अन्य लागु औषध विक्री वितरण र सेवान गर्ने गरेको भन्ने विषेश सुचनाको आधारमा खानतलासि गर्दा लागुऔषधसहित पक्राउ गरिएको बताए । 

काठमाडौ प्रहरी प्रमुख सुवेदीले न्यौपानेको कोठाको दराजमा रातो र हरियो प्लास्टिकको ८ वटा पोका र ह्विस्कीको खोल भित्र गरी जम्मा ६ के।जी ४३५ ग्राम गाँजा , ट्रमाडोल ,कफट्याव डि र , लोसप ५० नामक लागु औषध समेत फेला  परेको बताए । 

पक्राउ परेका न्योपानेलाई  नियान्त्रण लिई अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ  । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =