प्रधानमन्त्रीलाई प्रचण्डले भेटे, के भयाे कुराकानी ?

फाइल तस्विर 

चैत १, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । 

त्रिवि शिक्षण अस्पतालमा मिर्गौला पत्यारोपण गरी शुक्रबार बालुवाटार निवास फर्किएका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बालुवाटार पुगेका हुन् ।  

प्रम ओलीसँगको भेटमा प्रचण्डले उनलाई मिर्गौला प्रत्यारोपण सफल भएकोमा बधाई दिएको र शीघ्र स्वास्थ्यलाभको कामना गरेको प्रचण्डको सचिवालयले जनाएको छ । 

प्रचण्डले समसामयिक राजनीतिक गतिविधिबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। 

प्रम ओलीले फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेका थिए । उनलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन्। प्रत्यारोपणको १० दिनपछि प्रधानमन्त्री ओली हिजो डिस्चार्ज भएर बालुवाटार फर्किएका हुन् । 

प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − five =