विश्वकै सबैभन्दा बुढो व्यक्तिको निधन
२०७६ फागुन १८ गते

फागुन १८, एजेन्सी । विश्वकै सबैभन्दा बढी उमेरका एक वृद्धको निधन भएको छ । एक सय १२ वर्षको उमेरमा उनको निधन भएको हो ।
दोस्रो विश्वयुद्धका सेना चितेत्सु वातानबेलाई गिनिज बुक अफ वल्र्ड रेकर्डसले गत फेब्रुअरी १२ मा मात्र वर्तमान समयका विश्वकै वृद्ध पुरुषको उपाधि दिएको थियो।
उपाधि पाएको केहिहप्तामै चितेत्सुको निधन भएको गत मंगलबार जापान सरकारले बताएको हो। एजेन्सी
२०७६ फागुन १८ गते
प्रतिक्रिया
सम्बन्धित








