भारतमा कोरोना भाइरस: संक्रमित संख्या ६१ पुग्यो

फाेटाेः गुगल 

फागुन २८, भारत ।  भारतमा ६१ कोरोनाभाइरस संक्रमितको पहिचान भएको छ ।   

मंगलबार भारतका विभिन्न स्थानमा १४ नयाँ संक्रमितको पहिचान भएकामा दक्षिणी राज्य केरलामा मात्रै आठ जना फेला परेका छन् । यस्तै पुणे र कर्नाटकको ३–३ संक्रमित भेटिएको समाचारमा जनाइएको छ ।   

Image result for भारतमा कोरोना भाइरस

उता भारत सरकारले भाइरसको जोखिमलाई मध्येनजर गर्दै फ्रान्स, जर्मनी र स्पेनका नागरिकहरुको प्रवेशमा प्रतिबन्ध लगाएको छ । ती तीन देशका नागरिकलाई भारत आउने नियमित र ई–भिजा दुवैमाथि रोक लगाइएको हो ।  भारतको आप्रवासन व्युरोले मंगलबार राती एक सूचना जारी गर्दै भिजा पाएर भारत प्रवेश नगरेका फ्रेन्च, जर्मन र स्पेनिस नागरिकको भिषा समेत निलम्बित भएको जानकारी दिएको छ ।   

भारतको केन्द्रीय क्याबिनेटका सचिव राजीव गाँबाले मंगलबार कयौं मन्त्रालय र विभागका सचिवसँग उच्चस्तरीय बैठक गरेपछि उक्त सूचना जारी गरिएको थियो । यसअघि स्वास्थ्य मन्त्रालयले चीन, इटाली, जर्मनी, दक्षिण कोरिया, फ्रान्स, स्पेनसमेत कोरोनाभाइरस प्रभावित देशमा यात्रा गर्नबाट बच्ने सल्लाह दिइसकेको छ ।   

केरलामा संक्रमित विरामीको संख्या १४ पुग्यो 

केरलाका मुख्यमन्त्री पिनराई विजयनले मंगलबार उनको राज्यमा हालसम्म संक्रममितको संख्या १४ मुद्दा भएको जानकारी दिए ।  साथै मुख्य मन्त्रीले कोरोनाभाइरस संक्रमण विस्तार राक्न विभिन्न कदमहरु पनि सार्वजनिक गरेका छन् ।   

३१ मार्चसम्म ठूल्ठुलो सभा–समारोह बन्द गरिनेछ । यसको लागि फिल्मसमेत बन्द घोषण गरिएको छ ।  त्यस अन्तर्गत विद्यायलका सात कक्षासम्मको सम्पूर्ण परिक्षा मार्च ३१ सम्म स्थगित गरिएको छ ।   

तर माथिल्ला कक्षहरु ८,९ र १० को परिक्षा भने पूर्व निर्धारित कार्यक्रम अनुसार नै हुनेछ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *