प्रधानमन्त्रीलाई शुक्रबारसम्म डिस्चार्ज गरिने

फाेटाे स्राेतः गुगल 

फागुन २६, काठमाडौँ ।   गत बुधबार मिर्गौला  प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको  शुक्रबारसम्म डिस्चार्ज  हुने तयारी रहेको बताईएको छ ।   

मिर्गौला प्रत्यारोपणपछी हाल प्रधानमन्त्री ओली  महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।  प्रधानमन्त्रीको स्वास्थ्यमा सकारात्मक सुधार  भईरहेको हुनाले आगामी बिहीबार वा शुक्रबारसम्म डिस्चार्ज गर्न सकिने अस्पतालका कार्यकारी निर्देशक डा. प्रेम कृष्ण खड्गाले बताए ।   

Image result for प्रधानमन्त्री केपी शर्मा ओली

उनले भने ‘प्रधानमन्त्रीज्यूको यही क्रममा स्वास्थ्यमा सुधार आए केही दिनपछि डिस्चार्ज गर्न सकिन्छ । अहिले नै यही दिन त नभनौं तर बिहीबार वा शुक्रबारसम्ममा उहाँ बालुवाटार फर्कन सक्नुहुन्छ कि भन्ने लागेको छ’, उनले थपे  ‘मिर्गौला प्रत्यारोपणमा संलग्न डाक्टरहरुको सुझावका आधारमा यसबारेमा हामी छलफल गरेर निर्णयमा पुग्छौं । अप्रेशन भएको बढीमा १० दिनभित्र उहाँलाई बालुवाटार फर्काउन सकिन्छ कि जस्तो लागेको छ ।’   

करिब १२ वर्ष अघि  मिर्गौला  प्रत्यारोपण गरेका  प्रधानमन्त्री ओलीका उक्त मृर्गौलाले काम गर्न छाडेपछी गत बुधबार दोस्रो पटक फेरि मिर्गौला प्रत्यारोपण गरिएको थियो । अहिले प्रधानमन्त्रीको शरिरमा चारवटा मिर्गौला रहेका छन् ।   

प्रधानमन्त्री ओलीलाई नातामा भाञ्जी पर्ने  समीक्षा संग्रौलाले आफ्नो एउटा मृर्गौला दिएका थिए ।  प्रधानमन्त्री डिस्चार्ज भएर बालुवाटार फर्केपछि पनि उनलाई दुई तीन  महिना नै आरामको जरुरत  पर्ने चिकित्सक बताउँछन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + twelve =