रुपन्देहीमा लजमा मृत भेटिए पुरुष
२०७६ चैत ७ गते

फाेटाेः गुगल
चैत्र ७, बुटवल । शुक्रबार बिहान रुपन्देहीको लजमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।
रुपन्देहीको सैनामैनामा अवस्थित हाम्रो अर्घाखाँची रेष्टुरेण्ड एण्ड लजमा सैनामैना नगरपालिका–५ का ४८ वर्षका मेघबहादुर खत्री मृत अवस्थामा भेटिएका हुन् ।
लजमा अचेत अवस्थामा भेटिएका खत्रीलाई तत्कालै उपचारको लागि अस्पताल लैजाँदा लुम्बिनी प्रादेशिक अस्पतालले मृत घोषणा गरेको हो । अत्याधिक मादक पदार्थ सेवन गरेको कारण मृत्यु भएको हुन सक्ने रुपन्देहीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।
प्रवक्ता खत्रीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
२०७६ चैत ७ गते
प्रतिक्रिया
सम्बन्धित








