फरार प्रतिवादी स्वयम्भुबाट पक्राउ
२०७६ चैत ३ गते

चैत्र ३, काठमाडौँ । विदेशी मुद्रा विनिमयको मुद्दामा अदालतले दोषी ठहर गरेपछी फरार रहेकी एक प्रतिवादीलाई प्रहरीले काठमाडौँको स्वयम्भुबाट पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौंले दोषी ठहर भई फरार रहेकी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका९३ बस्ने ३७ वर्षीया साङ्डोमा शेर्पा पक्राउ गरेको हो ।
पक्राउ परेकी शेपालाई २०७१ साल साउन २० गते सिन्धुपाल्चोक जिल्ला अदालतले उनलाई ६८ लाख ६२ हजार ४ सय १३ रुपैयाँ ६० पैसा जरिवाना तोकेपछी उनी फरार रहेकी थिईन् ।

प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेका अनुसार शेर्पालाई कैद भुक्तानका लागि केन्द्रीय कारागार काठमाडौंमा पठाइएको छ ।
२०७६ चैत ३ गते
प्रतिक्रिया
सम्बन्धित








