कोरोना भाइरसः अमिताभ बच्चनदेखि आलिया भट्टसम्म क्वारेन्टाइनमा

फाेटाेः गुगल 

चैत्र ५, काठमाडाैँ ।  भारतमा कोरोना भाइरसको कहर लगातार बढिरहेको छ, यस्तोमा मानिसहरु आफूलाई बचाउन हरसम्भव कोसिस गरिरहेका छन् । यस्तोमा बलिउडका कलाकारले पनि कोरोनाबाट बचाउनका लागि आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेका छन् । यो सूचीमा अमिताभ बच्चनदेखि थुप्रै कलाकार समावेश छन् । 

अमिताभ बच्चनः 

Image result for amitab bachaan with aalia bhatta

अमिताभ बच्चनले ट्वीटरमार्फत् आफू क्वारेन्टाइनमा भएको जानकारी दिए । उनले सोसल मिडियामा बीएमसीको तर्फबाट हातमा लगाइएको स्ट्याम्प पनि पोष्ट गरेका छन् । बीएमसीले क्वारेन्टाइनमा बस्ने मानिसहरुको हातमा स्ट्याम्प लगाइरहेका छन् । यस्तोमा अमिताभ बच्चन केही दिन आइसोलेशनमा बस्नेछन् । अमिताभ अहिले ब्रह्मास्त्रको सुटिङ गरिरहेका थिए, जुन अहिले स्थगित गरिएको छ । 

आलिया भट्टः 

बलिउड नायिका आलिया भट्ट पनि कोरोना भाइरसबाट बच्नका लागि घरमा नै छिन् । आलियाले एक तस्बिर सेयर गर्दै सेल्फ क्वारेन्टाइन बस्दासमेत फिटनेसको पूर्ण ध्यान राखिरहेको बताएकी छिन् । कोरोना भायरसका कारण ब्रह्मास्त्रको सुटिङमा पनि प्रभावित भइरहेको छ । 

अर्जुन कपुरः 

अर्जुन कपुर पनि लामो समयदेखि कोरोना भाइरसका कारण सजगता अपनाइरहेका छन् । उनले इन्स्टाग्राममार्फत् आफू क्वारेन्टाइनमा बसेको जानकारी दिएका छन् । 

दिलिप कुमारः 

यो बोहक दिलिप कुमार पनि क्वारेन्टाइनमा बसेका छन् । दिलिप कुमार लामो समयदेखि बिरामी छन् र उमेर धेरै भएका कारण उनले विशेष सजगता अपनाउनुपर्ने हुन्छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 12 =