अत्यावश्यक बाहेकका सबै सेवा आजदेखि बन्द

चैत ९, काठमाडौं । आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने भएका छन् । विश्वभर कोरोनाको महामारी बढीरहेका बेला नेपाल सरकारले पूर्व सावधानी अपनाउँदै अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने भएको हो ।   

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै चैत्र ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका थिए । यो सँगै आजदेखि चैत्र ९ गतेदेखि १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडानहरू पनि स्थगित हुने भएका छन् । सरकारले राजपत्रमा उल्लेख भएका १९ बाहेकका सबै सेवा बन्द हुने भनेको छ ।   

राजपत्रमा उल्लेखित अत्यावश्यक सेवाहरु निम्न छन् ।   

null

१) डाँक तार वा टेलिफोन सेवा 

२) जल, स्थल तथा हवाइमार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने सेवा 

३) हवाइ अड्डा, हवाइ जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा 

४) हवाइ ग्राउन्ड, रेलवे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसारपसार, राख्ने झिक्ने वा थन्काउने कामसँग सम्बन्धित सेवा 

५) प्रिन्ट वा सरकारी छापाखानासँग सम्बन्धित सेवा 

६) हातहतियार, खरखजना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित सेवा 

७) सञ्चार सेवा 

८) आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा 

९) खानेपानीको सञ्चालन तथा वितरण सेवा 

१०) पर्यटन, आवास, मोटेल, होटेल रेष्टुरा र रिसोर्ट सम्बन्धी सेवा 

११) पेट्रोलियम पदार्थको पैठारी ढुवानी र वितरणसम्बन्धी सेवा 

१२) अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी (एम्बुलेन्स सेवा जस्ता सेवाहरु) 

१३) औषधी निर्माण तथा बिक्री वितरण सम्बन्धी सेवा 

१४) फोहोर मैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार (निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा, 

१५) बैंकिंङ सेवा 

१६) बीमा सेवा 

१७) विद्युत सेवा 

१८) दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दाल चामल नुन तेल) को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा । 

१९) मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्व सूचना सेवा   

माथि उल्लेखित सेवा वाहेकका कार्य गर्ने संस्थाहरु बन्द गर्नुपर्नेछ । अर्थात, भोलीबाट स्कुल, कलेज, विश्वविद्यालय, शैक्षिक परामर्श क्षेत्र, ट्युसन सेन्टर, रेष्टुरेन्ट, पार्टी प्यालेस, सिनेमा हल, फनपार्क, डिस्कोबार पूर्ण रुपमा बन्द हुनेछन् । यसैगरी सभा, सम्मेलन, आन्दोलन, भेला, समारोह समेत गर्न पाईदैन । विवाह, ब्रतबन्ध, धार्मिक अनुष्ठान तथा काजक्रियामा २५ जना भन्दा बढि भेला हुन पाइने छैन ।   

सार्वजनिक स्थलमा २५ जना भन्दा बढि भेला भएर हिँडडुल गर्न पाइने छैन । अत्यावश्यक वाहेक हिँडडुल नगरी घरमा बस्नुपर्नेछ । लामो दुरीका सवारीसाधन बन्द हुनेछन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 8 =