बिरालोमा पनि देखियो कोरोना भाइरस !

चैत्र १६ चैत, काठमाडौं । मानवजातीमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण जीवजन्तुमा पनि देखा पर्न थालेको छ ।
बेल्जियममा एक बिरालोमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको हो । घरमालिकबाट बिरालोमा कोरोना भाइरस सरेको द ब्रसेल्स टाइम्सले जनाएको छ ।
सो सञ्चार माध्यमका अनुसार बिरालोका घरमालिक हालै इटालीबाट फर्केका थिए । बिरालोको दिशाबाट कोभिड–१९को संक्रमण भएको पुष्टि गरिएको हो ।

विशेषज्ञहरुले भने यो घटना अपवाद् भएको भन्दै आफ्ना घरेलु जनावर र उनीहरुबाट आफ्नो सुरक्षाको विषयमा नडराउन सबैलाई आग्रह गरेका छन् ।
जनावर संक्रामक रोग विशेषज्ञले भने यस यो घटनाको विषयमा प्रश्न उठाएका छन् । यूनिभर्सिटी अफ घेन्टको भेटेरिनरी मेडिसिनका प्राध्यापक तथा संक्रामक रोग विशेषज्ञ हान्स नाउयन्कले यो समाचारले आफूलाई अचम्मित पारेको बताए ।
लिग यूनिभर्सिटीको प्रयोगशालामा उक्त बिरालोमा संक्रमण रहेको पुष्टि भएको हो । उक्त बिरालोमा कोरोना भाइरस सर्ने मानिस बाहेक अन्य कुनै माध्यम नरहेको निष्कर्ष वैज्ञानिकहरुले निकालेका छन् । एजेन्सी








