आज फागुन २८ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग 

बि.सं. फागुन २८, २०७६ । इ.सं. 11 March, 2020 । शक संवत १९४१ । नेपाल संवत ११४० चिल्लागा । परिधावी, उत्तरायण, शिशिर, बुधवार । चैत्र कृष्णपक्ष । तिथि द्वितीया , १९:०८ बजे उप्रान्त तृतीया । नक्षत्र हस्त, २२:४२ बजे उप्रान्त चित्रा । योग गण्ड , ११:११ बजे उप्रान्त वृद्धि । करण तैतिल ८:२० बजेदेखि गर, १९:०८ बजे उप्रान्त वालव । चन्द्रराशि कन्या । आनन्दादी योग आनन्द । दिनमान २९।३४ । सूर्योदय ६:२० । सूर्यास्त १८:१० । सर्वार्थसिद्धियोग २२:४२ बजेसम्म । 

राशिफल 

null

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आँटेको र ताकेको कार्य पुरा होला । आफ्नो क्षेत्रमा प्रभत्व जमाउन सकिनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । प्रेममा मधुरतापनि छाउनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक यात्राको योगछ । नयाँ कार्यको योजना बन्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट आँटेको कार्यमा सफलता मिल्नेछ । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ । आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभचिन्तकहरूले पूर्ण समर्थन गर्नेछन् । घरमा अतिथीको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख मिल्नेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । खनपिनमा विचारपनि पुर्याउनु पर्छ ।  

– ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *