गणपूरक सङ्ख्या नपुगेपपछि संसद बैठक स्थगित
२०७६ फागुन १९ गते

फागुन १९, काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सोमबारको संसद् बैठक स्थगन गरेका छन् । नेपालको संविधानको धारा, ९४ बमोजिम सदनमा गणपूरक ६९ सांसद पुग्नुपर्नेमाा ६५ को मात्र उपस्थिति रहेकाले उनले सदन स्थगन गरेका हुन् ।
प्रतिनिधिसभा बैठकमा पार्वताडिसी चौधरीले गणपूरक सङ्ख्या नपुगेको भन्दै जनाउ दिएपछि सांसदको सङ्ख्या यकिन गर्दा गणपूरक सङ्ख्या पुगेको थिएन । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २१ गते अपराह्न १ बजे बस्ने छ ।
रासस

२०७६ फागुन १९ गते
प्रतिक्रिया
सम्बन्धित








