प्रियंकाले नेपाली र भारतीय शैलीमा बिहे गर्नुकाे राज खोलिन्

फागुन २०, काठमाडौँ । केही दिन अघिमात्र नायक तथा मोडल आयुष्मान देशराज जोशीसँग बिवाह गरेकी नायिका प्रियंका कार्कीले आफूले  नेपाली र भारतीय शैलीमा बिवाह गर्नुको राज खोलेकी छिन् ।   

उनले सामाजिक संजाल इन्स्टाग्राम मार्फत नेपाली र भारतीय शैलीमा बिवाह गर्नुको राज खोलेकी हुन् ।   

उनले आफ्नो सबै परिवारलाई मध्यनजर गर्दै बिवाह गरेको बताउँदै इन्स्टाग्रामको स्टोरीमा लेखेकी छिन्, ‘हामीले नेपाली र भारतिय संस्कार मिसाएर विवाह गरेका थियौ । मेरो परिवारमा हरेक विभिन्न संस्कृति मान्ने व्यक्ति हुनुहुन्छ । मेरो आमा रक्षा मल्होत्रा आदि नेपाली र आदि पञ्जाबी हो । आयुष्मानको हजुरवुवा पञ्जबबाट हो । त्यसैले उहाँहरुको देशराज थर भएको हो । त्यसैले सबै परिवारलाई मध्यनजर गर्दै हामीले मिश्रित संस्कृति अनुसार विवाह गरेका हौं। यसलाई नराम्रो रुपमा नलिदिनु होला ।’ 

Image may contain: 3 people, people standing

फागुन १५ गते आफ्नो र आयुष्मानको पारिवारिक सदस्यको मात्र उपिस्थतीमा कानुनी रुपमा  बिवाह गरेकी प्रियंकाले १६ गते सामाजिक रुपमा बिवाह गरी सोही दिन  रिसेप्सन पार्टी दिएकी थिईन् । उनको बिवाह करिब एक हप्ता सम्म नै चलेको थियो ।  

तस्विरहरूः वेडिङ सिटी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *