नेपाली ‘नमस्कार’ विश्वव्यापी

चैत १, काठमाडौं । भ्रमणमा आएका आएरल्याण्डका प्रधानमन्त्री लियाे भारड्करसँग ह्वाईटहाउसमा भेट्दा अमेरिकी राष्ट्रपति डाेनल्ड ट्रम्पले ‘नमस्कार’ गरे । र, भने, ‘काेराेना भाइरस प्रभावित यस बेला याे जरूरी पनि छ ।’ 

भेट हुँदा साटासाट गरिने नेपाली अभिवादन ‘नमस्कार’ यति बेला विश्वव्यापी बनेकाे छ । राष्ट्रपति ट्रम्प गत महिना भारत भ्रमणमा आउँदा त्यहाँ ‘नमस्ते ट्रम्प’ कार्यक्रममै आयाेजना गरिएकाे थियाे । त्यहाँ सिकेकाे नमस्कार अभिवादन अहिले ट्रम्पलाई उपयाेगी बनेकाे छ ।   

फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्राेनले स्पेनका राजनारानीलाई नमस्कार गरे । बेलायती राजकुमार चार्ल्स कमनवेल्थमा प्रवेश गर्दा हात मिलाउन खाेजे । तर, सबैले नमस्कार गरे । उने नमस्का फर्काएकाे दृश्य भाइरल बनेकाे छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि नमस्कार गरेका छन्, अन्नपूर्णमा समाचार छ ।  

null

काेराेना त्राससँगै विश्वका प्रभावशाली नेताहरूमाझ भेटका बेला हात मिलाउनुकाे सट्टा नमस्कार अभ्यस्त बन्दै गएकाे छ । विश्व स्वास्थ्य संगठनले काेराेना भाइरस सर्न सक्ने भन्दै हात नमिलाउन सचेत गराएकाे छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *