सञ्चारकर्मी गोमा परियारको सचेतनामुलक गीत ‘कोरोना भाइरस’ सार्वजनिक (भिडियोसहित)

चैत्र ९, काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरससम्बन्धी सचेतनामुलक गीत ‘कोरोना भाइरस’ सार्वजनिक भएको छ ।
सञ्चारकर्मी गोमा परियारको शब्द रहेको उक्त गीत आज (आइतबार) मेक्सम नरेश अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे हो ।
गीतमा नरेश खाती क्षेत्री र एलिना चौहानको आवाज रहेको छ भने संगीत पनि गायक क्षेत्रीकै रहेको छ । भिडियो निर्देशन पनि गायक क्षेत्रीकै रहेको गीतमा सांसद एवम् गायिका कोमल ओली, सञ्चारकर्मी ऋषि धमला, निर्देशक एवम् कलाकार दीपाश्री निरौला, गायक बद्री पंगेनी, पशुपति शर्मा लगायत फिचर्ड छन् ।

कोरोना भाइरसबाट आइतबारसम्ममा विश्वभर १३ हजार बढीको मृत्यु भएको छ भने ३ लाख बढी संक्रमित छन् । चीनबाट फैलन सुरु भएको कोरोनाले अहिले युरोपियन मुलुक इटालीलाई आक्रान्त बनाएको छ ।
कोरोना भाइरस संक्रमणबाट इटालीमा एकै दिन झण्डै ८ सय मानिसको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ७९३ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म संक्रमण देखिएको छैन ।
भिडियोः
https://youtu.be/3mrB1Ee5_Gg








