महिलालाई सामूहिक बलात्कारपछि चोरी गरि पाँच डाँका फरार, दुई पक्राउ

चैत्र ९, नुवाकोट ।  महिलालाई सामुहिक बलात्कार गरेपछी चोरी गरि फरार रहेका पाँच जना डाँकाका समूह मध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला नुवाकोट शिबपुरी गा.पा वडा नं ५ मा बस्ने बर्ष ३७ की एक महिलालाई बलात्कारपछी चोरी गरि फरार रहेका ५ जना डाँकाकाे समूह मध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।  

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक बिष्णु फुयालले नुवाकोट जिल्ला साबिक माहाकाली गा.बि.स. वडा नं. ९ हाल शिबपुरी गा.पा वडा नं.५ बस्ने बर्ष २५ को उमेश तामाङ र जिल्ला नुवाकोट दुप्चेश्वर गा.पा वडा नं. ५ बस्ने बर्ष ३२ को सानोकान्छा तामाङलाई पक्राउ गरेको पुष्टि गरेका छन् । 

प्रहरी निरीक्षक फुयालले भने, ‘आफ्नै घरमा सुतिरहेको अबस्थामा  उमेश तामाङ र सानोकान्छा तामाङ  समेतका ५ जनाको समुह आई काठको झ्याल ढोका फोडी घरभित्र प्रवेश गरी पिडितको हाताखुट्टा बाँधी करणी गरी निजको घाँटीमा लगाएको सुनको सिक्री तथा हातको औँठी लगायतका घरमा रहेको अन्य जिन्सी तथा नगद लिई भागेकाे भन्ने सुचना प्राप्त हुनासाथ प्रहरी परिचालित गरी दुई जनालाइ पक्राउ गर्न सफल भएका छौँ ।’  ‘थप तीन जनाफरार तिनजना प्रतिवादीहरुलाई खोज तलास गर्ने कार्य जारी रहेको छ ।’ 

पिडित महिलाको लिखित जाहेरीको आधारमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उक्त घटनामा संलग्न  उमेश र सानोकान्छा काठमाडाैँको कपनबाट लुकीछिपी बसेको अवस्थामा पक्राउ परेका थिए । 

पक्राउ परेका उनिहरूलाई   थप अनुसन्धानको लागी जिल्ला अदालत नुवाकोटबाट ५ दिनको म्याद  थप गरिएको र अन्य फरार तिनजना प्रतिवादीकाे खोजतलास भईरहेको प्रहरीले जनाएकाे छ  ।   

साथै सोही रात ती डाँका समुहले सोही स्थान बस्ने रामसिंह तामाङको घरमा समेत चोरी गरेपश्चात घरधनि रामसिंह तामाङलाई कुटपिट गरी फरार भएका थिए । पिडित रामसिंहले प्रतिवादीहरुलाई  चोरी सम्बन्धी कसुर (डाँका मुद्दा) मा  जाहेरी दरखास्तमा समेत दिएका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *