कोरोनाको आशंकामा १३ जना आईसोलेसनमा भर्ना, संक्रमित दुई जनाको अवस्था सामान्य

चैत्र १४, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको आशंकामा १३ जना काठमाडौंका तीन अस्पतालको आईसोलेसनमा भर्ना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

टेकु अस्पतालमा ४ जना,  पाटन अस्पतालमा ६ जना र कान्तिबाल अस्पतालको आईसोलेनमा ३ जना कोरोना आशंकामा भर्ना भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।  

यसैगरी राजधानीका बाहिरका संघ र केन्द्र मातहका अस्पतालका आइसोलेनमा पनि केही व्यक्ति रहेको जानकारीमा आएपनि एकिन तथ्यांक आउने क्रममा रहेको देवकोटाले बताए । 

सिन्धुपाल्चोकमा देखिएको स्वास्थ्य ...

त्यस्तै कोरोना भाइरसको संक्रमण पुष्टि भएका २ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिएका छन् । टेकु अस्पतालको आईसोलेनसमा उनीहरुको उपचार भइरहेको छ।  

प्रवक्ता देवकाेटाका अनुसार अहिलेसम्म ८०२ जनाको कोरोना परीक्षण भएकोमा तीन जनामा मात्रै पोजेटिभ देखिएको छ । त्यसमा पनि एक जना निको भएर घर फर्किसकेका छन्। 

मन्त्रालयले स्थापना गरेको कल सेन्टरमा वितेको २४ घण्टामा ६ हजार २०० भन्दा बढी कल आएको पनि उनले जानकारी दिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *