प्रशान्तले ल्याए ‘यदी मेरो मायामा’

फागुन २९, काठमाडौं । गायक प्रशान्त मिस्टले नयाँ गीत सार्वजनिक गरेका छन् । तीन दिन अघि आफ्नै युट्युव च्यानल प्रशान्त मिस्ट मार्फत सार्वजनिक गरिएको ‘यदी मेरो मायामा’ बोलको गीतमा र्यापर कौशल आचार्यले साथ दिएका छन् ।
र्याप शैलीको गीतको म्युजिक भिडियोलाई युवा पुस्ताले रुचाउने अपेक्षा गरिएको छ । डेढ दशकदेखि नेपाली गीत संगितमा सक्रिय प्रशान्तको नयाँ एल्मब ल्यध यच लभखभच मा समावेश गीतको भिडियोमा गायक प्रशान्तसँगै सपना बर्तौता समेत रहेकी छिन् ।
रमेश हुमागाईले खिचेको म्युजिक भिडियोको सम्पादन र निर्देशन गायक प्रशान्त स्वयंले गरेका छन् । प्राय र्याप गीत संगितका श्रोताहरु माझ रुचाइएका प्रशान्तले यो गीत सन् २००४ मै ल्याइसकेका थिए ।

भर्खरै मात्र युएइको अबुधावीमा दुई वटा सांगितिक कार्यक्रममा भाग लिएर नेपाल फर्किएका प्रशान्तले आगामी नयाँ एल्बमलाई चाँडै बजारमा ल्याउने तयारी समेत गरेका छन् ।
हेर्नुहोस म्युजिक भिडियो
https://youtu.be/Msvf8j1uKI0








