प्रदेश २ मा सेना परिचालन

चैत्र ११, काठमाडौं। लकडाउन’को पूर्णरुपमा पालना गराउन प्रदेश २ मा नेपाली सेनासहित तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ।
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न नेपाल सरकारले मंगलबारदेखि एक सताको लागि गरेको ‘लकडाउन’ पालना गराउन प्रदेश २ मा तीन वटै सुरक्षा निकाय परिचालन गरिएको हो।
प्रदेश २ का जिल्लाहरुमा लकडाउनको उलंघन हुन थालेपछि जिल्ला भरिका सबै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ। तीनवटै सुरक्षा निकायले समन्वय गरी ‘लक डाउन’ पूर्ण पालना गराउन थालेको हो।

नेपाल सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले सप्तरीको राजविराजबाट नाकातर्फ नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटाइएको पुष्टि गरे। नाकाबाट नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै हुलहुज्जत हुन थालेपछि स्थानीय प्रशासनले सेना र सशस्त्र प्रहरीको टोलीलाई खटाएको हो।
आधा घन्टाअघि मात्रै सेनाको टोली त्यसतर्फ परिचालन गरिएको हो। अन्य जिल्लामा भने स्थिती सामान्य रहेको र प्रहरी नै अग्र भागमा खटिएको उनले बताए। राजविराजस्थित भीम दल गणका गणपति गुप्तबहादुर कुँवरले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या कम रहेकाले सहयोगकका लागि सेना खटाइएको बताए।
जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरका अनुसार राजविराज, हनुमाननगर, रूपनी र कल्याणपुरमा सेना परिचालन गरी गस्ती गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको जनशक्ति अभाव भएपछि सेना परिचालन गर्नुपरेको ठाकुरले जानकारी दिए। गृह मन्त्रालयले थप सुरक्षाकर्मी नपठाउन्जेल सेनाले नै गस्ती गर्ने पनि ठाकुरले बताएका छन्।
जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरका अनुसार राजविराज, हनुमाननगर, रूपनी र कल्याणपुरमा सेना परिचालन गरी गस्ती गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको जनशक्ति अभाव भएपछि सेना परिचालन गर्नुपरेको ठाकुरले जानकारी दिए। गृह मन्त्रालयले थप सुरक्षाकर्मी नपठाउन्जेल सेनाले नै गस्ती गर्ने पनि ठाकुरले बताएका छन् ।








