घर पुर्याइ दिने बाहनामा बलात्कार गर्ने युवक पक्राउ

फाेटाेः गुगल 

चैत्र ३, बाँके । बाँकेमा १९ वर्षीय किशोरीलाई घर पुर्याइ दिने बहानामा बलात्कार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।   

पिडित किशोरीको उजुरीपछी  गएराती उनलाई प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।     

Image result for पक्राउ

पक्राउ पर्नेमा  कोहलपुर नगरपालिका-२ आनन्दनगर बस्ने २८ वर्षीय चित्र बहादुर थापा रहेको प्रहरीले जनाएको छ ।   

प्रहरीका अनुसार थापाले ती  किशोरीलाई  घरसम्म पुर्‍याईदिन्छु भन्दै भे.१ च २२९७ नम्बरको भ्यानमा राखी बैजनाथ गाउँपालिका-४ गाबरस्थित होमस्टेमा लगी बलात्कार गरेका थिए ।   

पक्राउ परेका थापामाथि आवश्यक कारवाहीको लागि थप  अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *