टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ । टिपरको ठक्करबाट एक जना पैदलयात्रीको आज मृत्यु भएको छ । मोरङको केराबारी गाउँपालिका–५ की ७० वर्षीया विष्णुमाया मगरको आज बिहान टिपरको ठक्करबाट मृत्यु भएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार केराबारी गाउँपालिका–५ शान्ति चोकस्थित सडकमा केराबारीबाट धरानतर्फ जाँदै गरेको को१ख ६७९० नम्बरको टिपरको ठक्करबाट पैदलयात्री मगरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी मगरको घोपा धरान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्यसैगरी, सुनसरीको इनरूवा नगरपालिका–८ खोरियाटोलस्थित पुथौधारा खोलामा डुबेर सोही ठाउँका उपेन्द्र साहको छोरा १४ वर्षीय कृष्ण साहको आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 4 =