यस्तो छ नरेश रेविकाको ‘बाटोको काँडा’ को भिडियो

फागुन २८, काठमाडौँ । मिलन चाम्सको निर्देशन गरेको ‘बाटोको काँडा’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
६ मिनेट भन्दा लामो उक्त म्यूजिक भिडियोमा संचारकर्मी नरेश भट्टराई र अभिनेत्री रेविका गुरुङले मोडलिङ गरेका छन्
बिछोडको पिडालाई समेटिएर बनाईएको सो म्युजिक भिडियोमा स्वर हाल लण्डनमा बसोबार गर्दै आईरहेका गायक सपन कुमार राईको रहेको छ । भिडियोमा नरेशलाई आफ्नी प्रेमिकाको वियोगमा तड्पिएको एक पात्रको रुपमा देखाइएको छ ।

गीतमा रामकुमार केसीको छायाँकन र प्रज्वलित पराजुलीको सम्पादन रहेको छ । ताराप्रकाश लिम्बुको शब्द र संगीत रहेकाे यस गीतकाे म्युजिक भिडियो काठमाडौँमा एक कार्यक्रम गरि सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बोल्दै नरेशले आफू छिट्टै चलचित्रमा पनि देखिने बताए । नरेशले यस भिडियो मार्फत ८ वर्षपछि मोडलिङमा पुनरागमन गरेका हुन् ।
https://youtu.be/5z7MZ-AEtjY








