ताराखोलामा सहिद परिवारलाई अभिनन्दन
फागुन १९, बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ताराखोला गाउँपालिकाले शहिद परिवारलाई अभिनन्दन गरेको छ । ताराखोला जनयुद्वको समयमा धेरै शाहदात प्राप्त गरेको क्षेत्र हो । १२ बर्षे जनयुद्धमा ताराखोला बाट २१ जनाले साहदात प्राप्त गरेका थिए ।
गणतन्त्र प्राप्तिको निमित्त तत्कालिन सरकार विरुद्व त्यि योद्वाले जीवन परित्याग गरेका थिए । सहिद सप्ताहको अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले सहिद तथा बेपत्ता परिवारलाई अभिनन्दन गरेको छ । तत्कालिन जनयुद्धको समयमा ताराखोलामा जिल्लामौ सबै भन्दा बढि १२ जना सहिद भएका थिए भनें २ जना बेपत्ता भएका छन ।
धेरै सहिद बनेको ठाउँको रुपमा परिचित ताराखोलामा सहिदहरुको सम्झनामा उनीहरुको परिवारलाई सम्मान पत्र सहित दोसल्ला ओडाएर अभिनन्दन गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ताराखोला गाउँपालिका अध्यक्ष पदम खत्री दिवसले जानकारी दिए । वडा नं ४ को कार्यालय तारा गाउँमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सचिव ज्ञामनाथ गैरेले शहिदको योगदानका कारण संघियता, गणतन्त्र र धर्मनिरपेक्षता सम्भव भएको बताएका छन ।
ती उपलब्धी र प्राप्तिलाई संस्थागत गर्न सबै कम्युनिस्टहरू एक ठाउँमा उभिएर बाँकी रहेका कार्यदिशा पूरा गर्नुपर्ने उल्लेख गरे । वर्तमान सरकारले देशमा स्थायित्व र समृद्धिको ढोका खोल्न लागि परेको समेत विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्ने वक्ताहरुले सहिद परिवारलाई पार्टीको माया भएको तर जनप्रतिनिधि र नेतालाई पार्टीको माया नभएको भन्दै सहिद परिवारले निरन्तर खबरदारी गर्नुपर्ने बताए ।
अगामी दिनमा सहिद परिवारलाई आय आर्जन र उत्पादन सँग जोडनु पर्ने बताए । सो अवसरमा ताराखोला गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी रोका पुन, नेकपा जिल्ला सदस्य नरेश केसी, सहिद परिवारको तर्फबाट सूर्य बहादुर घर्ती र भद्र बहादुर धर्ती सोनामले मन्तव्य राखेका थिए ।