विप्लवले आक्रामक कारवाहीहरु बन्द गर्ने

चैत्र १०, काठमाडौ. । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले अनिश्चितकालीन रुपमा आक्रामक कारवाहीहरु बन्द गर्ने भएको छ । 

कोरोना भाइरसको जोखिमबाट देश मुक्त नभएसम्म सरकारी दमनको प्रतिरोध कारवाहीबाहेक अन्य आक्रामक कारवाहीहरु बन्द गर्ने महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

जारी विज्ञप्तिमा भनिएको छ– ‘यो बेला देशका सबै चिकित्सक एवम् स्वास्थ्य–कार्यकर्ताहरुलाई जनताको सेवामा लाग्न अनुरोध गर्दछु । पार्टी तत्काल कार्यकर्ता र जनसेनाहरुलाई आफू सचेत बन्दै आम जनतालाई कोरोनाविरुद्ध जागरुक हुन निर्देशन गर्दछ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 4 =