टुटल र पठाओलाई तुरुन्त रोक्न सरकारको फेरि निर्देशन

फाेटाे स्राेतः गुगल 

फागुन २८, काठमाडौँ । अवैधानिक ठहर भएको टुटल र पठाओलाई तुरुन्त रोक्न सरकारले फेरि निर्देशन दिएको छ ।  मंगलबार राती यातायात व्यवस्था विभागले  एक सूचना जारी गर्दै  टुटल र पठाओलाई तुरुन्त रोक्न निर्देशन दिएको हो ।   

यसअघी मंसिर ४ गते सरकारले सूचना निकालेर टुटल र पठाओ सेवा बन्द गर्न निर्देशन गरेको थियो तर निर्देशनको पालना नगरी निजि सवारीमा यात्रु बोक्ने काम भईरहेको थियो ।  विभागले  कानूनको उल्लंघन गरी अरू प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने समेत जानकारी गराएको छ ।   

Image result for टुटल र पठाओ

बुधबार ट्याक्सी व्यवसायी तथा चालकले टुटल र पठाओलाई कानून विपरित सेवा प्रदान गर्न छुट दिइएको भन्दै विभाग समेत घेराउ गरेका थिए ।  ट्याक्सी सञ्चालकहरुको चर्को दबाव बढेपछी  विभागले कानून मिचेर सञ्चालनमा रहेका सवारीमाथि तत्कालै कारबाही गरिने समेत स्पष्ट पारेको छ ।   

बिभागले जारी गरेको सूचनामा यातायात व्यवस्था ऐनको दफा १२ मा ‘कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनमा लगाउन पाइने छैन’ बताईएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *