लकडाउन प्रभाव : विराटनगर पनि सुनसान

चैत्र ११, विराटनगर । सरकारले आज(मंगलबार)देखि जारी गरेको लक डाउनका कारण विराटनगर पनि सुनसान बनेको छ ।   

कारोना भाईरस संक्रमणको त्रासका कारण सरकारले अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेसँगै विराटनगर पनि सुनसान बनेकोे हो ।   

दैनिक २ हजारदेखि ३ हजार सवारी आवतजावत गर्ने विराटनगरको सडक यति बेला कोरोनाको त्राससँगै सन्नाटा छाएको छ ।   

सुनसरी, झापा, मोरङलगायतका विभिन्न स्थानबाट सामान खरिद गर्न बाक्लो भिड लाग्ने विराटनगरको सीमा क्षेत्र पनि सुनसान छ ।   

विराटनगरको महेन्द्र चौक, रोडसेस चोक, बरगाछी चोकदेखि रानी भन्सार जस्ता क्षेत्रहरु सुनसान छन् । 

कुनै, कुनै स्थानमा अत्यावश्यक सवारी साधन मोटरसाइकल, एम्बुलेन्स, चले पनि अन्य सार्वजनिक यातायात भने पूर्णरुपमा निषेध गरिएको छ । 

प्रत्येक चोकमा सुरक्षाकर्मीहरु खटिएका छन् । मेडिकल पसरल बाहेकका अन्य पसलहरु बन्द गरिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =