कोरोना कोषमा तिमिल्सिनाले एक महिनाको तलब जम्मा गर्ने
२०७६ चैत १० गते

चैत १०, काठमाडौं। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल सरकारले कोरोना भाइरसविरुद्ध बनाएको केन्द्रीय कोषमा एक महिनाको तलब बराबरको रकम उपलब्ध गराउने भएका छन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यो कोष स्थापनाको निर्णय गरेको थियो। सो कोषमा अध्यक्ष तिमिल्सिनाले आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका हुन्। उनले संघीय संसद् सचिवालयको आर्थिक शाखालाई पत्रमार्फत आफ्नो एक महिनाको तलब कोषमा जम्मा गरिदिन निर्देशन समेत दिए।
अध्यक्ष तिमिल्सिनाले सरकारको कोष बनाउने निर्णयलाई स्वागत गर्दै विश्वमा देखिएको सन्त्रासमा सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरे। उनले सरकारले कोरोनाबाट बच्नका लागि दिएका निर्देशनहरू पालना गर्न सबैलाई आग्रहसमेत गरे।

२०७६ चैत १० गते
प्रतिक्रिया
सम्बन्धित








